काठमाडौं : सरकारले सोमबार आर्थिक वर्ष २०८०-८१ को बजेट संसदमा प्रस्तुत गर्दैछ। सरकारले करिब साढे १७ खर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ।
आज भने अर्थमन्त्री प्रकाश शरण महतले आर्थिक वर्ष २०७९-८० को आर्थिक सर्वेक्षण पेश गर्ने भएका छन्।
आज संघीय संसदको संयुक्त बैठक पछि दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ। बैठकमा अर्थमन्त्री महतले ‘आर्थिक वर्ष २०७९,८०’को आर्थिक सर्वेक्षण पेश गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।