PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पूजारीहरुले वैदिक मन्त्र पढे, 'सेनगोल' स्थापना गर्दै मोदीले उद्घाटन गरे नयाँ संसद भवन



पहिलोपोस्ट

पूजारीहरुले वैदिक मन्त्र पढे, 'सेनगोल' स्थापना गर्दै मोदीले उद्घाटन गरे नयाँ संसद भवन
Photo : The Indian Express

विपक्षीको बहिष्कारबिच मोदीले उद्घाटन गरे नयाँ संसद भवन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ संसद भवनको उद्घाटन गरेका छन्। आज बिहान विशेष पूजाबिच उनले नयाँ संसद भवनको उद्घाटन गरेका हुन्।

मोदीलाई पूजारीहरुले  नयाँ संसद भवनमा स्थापना गर्न ‘सेनगोल’ हस्तान्तरण गरेका थिए। पूजारीहरुले वैदिक मन्त्र उच्चारण गरिरहँदा सो ‘सेनगोल’ लाई मोदीले लोकसभाको चेम्बरमा प्रतिस्थापन गरेका छन्। त्यसक्रममा नयाँ संसद भवन परिसरमा ‘सर्व धर्म’ प्रार्थना कार्यक्रम पनि भएको थियो। जहाँ विभिन्न धर्मका धर्मगुरुहरुले प्रार्थना गरेका थिए।

विपक्षी दलहरुको बहिष्कारबिच मोदीले नयाँ संसद भवन उद्घाटन गरेका हुन्। प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेससहितका विपक्षी दलले राष्ट्रपतिले भवनको उद्घाटन गर्नुपर्ने माग गरेका थिए।। विपक्षीहरुले मोदी आफैले भवनको उद्घाटन गरेर भारतीय प्रजातन्त्रमाथि 'खुला प्रहार' गरेको आरोप लगाएका थिए। विभिन्न विपक्षी दलका सांसदहरुलाई निलम्बन गरिएको घटना पनि उनीहरुले उठाएका थिए।

कांग्रेसले सन् २०२० मा भवनको शिलान्यास कार्यक्रम पनि बहिस्कार गरेको थियो। दिल्लीमा किसानहरुले प्रदर्शन गरिरहँदा सरकारले कार्यक्रम गरेको भन्दै कांग्रेसले आलोचना गरेको थियो।

सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले भने विपक्षी दलहरुले 'राजनीतिक खेल' खेलिरहेको आरोप लगाएका थियो। भारतीय गृहमन्त्री अमित शाहले उद्घाटन सत्रमा सबै राजनीतिक दललाई निमन्त्रणा दिइएको र विपक्षीलाई सो कार्यक्रमलाई राजनीतिकरण गर्ने प्रयास नगर्ने भनेका थिए।

विपक्षीहरुले यो मुद्दालाई सर्वोच्च अदालतसम्म लगेका थिए। राष्ट्रपतिबाट भवनको उद्घाटन हुनुपर्ने भन्दै उनीहरुले दिएको रिट सर्वोच्चले खारेज गरेको थियो।

दिल्लीमा सेन्ट्रल भिस्टा पावर करिडोर अन्तर्गत भारतीय संसदको नयाँ भवन निर्माण भएको हो। यो योजनाको सुरु देखि नै विरोध भइरहेको थियो। यसको वातावरणीय पक्ष र लागत मूल्यलाई लिएर विपक्षी नेता, पर्यावरणविद् र नागरिक समाजले प्रश्न उठाएका थिए। बिट्रिश राज रहँदा नै प्रयोगमा रहेको भवनलाई पुनर्निर्माण नगरेर नयाँ भवन बनाएकोमा पनि प्रश्न उठाइएको थियो।

नरेन्द्र मोदी नेतृत्वको भारत सरकारले भने सो भवन निकै पुरानो भइसकेको भन्दै नयाँ भवन बनाउनुपर्ने अवस्था सिर्जना भइसकेको भन्दै जवाफ दिएको थियो। नयाँ भवन निर्माणका लागि ९.७ बिलियन भारतीय रुपैयाँ खर्च भएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell