PahiloPost

May 24, 2026 | १० जेठ २०८३

संसदीय सुनुवाइ समिति गठन, १५ सदस्यीय समितिमा कुन दलबाट को?



पहिलोपोस्ट

संसदीय सुनुवाइ समिति गठन, १५ सदस्यीय समितिमा कुन दलबाट को?

काठमाडौं : संघीय संसदको संसदीय सुनुवाइ समिति गठन भएको छ। संसदीय सुनुवाइ समितिमा प्रतिनिधि सभाबाट नेपाली कांग्रेसबाट रमेश लेखक, ईश्वरी देवी न्यौपाने, जीवन परियार, ज्ञानेन्द्रबहादुर कार्की सदस्य रहेका छन्। त्यसैगरी नेकपा एमालेबाट पदम गिरी, महेशकुमार बर्तौला, लिलानाथ श्रेष्ठ र ईश्वरी जीएम सदस्य रहेका छन्। माओवादी केन्द्रबाट जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पशुपति शम्शेर जबरा र  जनता समाजवादी पार्टीबाट प्रकाश अधिकारी सदस्य रहेका छन्।

१५ सदस्यीय समितिमा राष्ट्रिय सभाबाट नेपाली कांग्रेसका रमेशजङ्ग रायमाझी, नेकपा एमालेका देवेन्द्र दाहाल र माओवादी केन्द्रका जगप्रसाद शर्मा वैशाख १३ गते नै मनोनीत भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell