PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

वाग्मती सरकारको नीति तथा कार्यक्रमप्रति एमाले सांसदको प्रतिकृया : धेरै महत्त्वाकाङ्क्षी भयो



पहिलोपोस्ट

वाग्मती सरकारको नीति तथा कार्यक्रमप्रति एमाले सांसदको प्रतिकृया : धेरै महत्त्वाकाङ्क्षी भयो

हेटौंडा : नेकपा (एमाले) वाग्मती प्रदेशसभा सदस्य डा दिनेशचन्द्र देवकोटाले वाग्मती सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम महत्त्वाकाङ्क्षी भएको आरोप लगाएका छन्।

आइतवार वाग्मती प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमको विषयमा प्रतिक्रिया दिँदै सांसद डा देवकोटाले धेरै महत्त्वाकाङ्क्षी भएको आरोप लगाएका हुन्।

‘हिजो हामीले सुरु गरेका कामहरुको निरन्तरताको पक्षलाई जोड गर्नुका साटो अब नयाँ-नयाँ कार्यक्रम थप्ने कुराहरु आयो। र, अर्को सबैभन्दा ठूलो समस्या के हो भने नीति तथा कार्यक्रममा भनेजस्तो बजेट छैन’, सांसद देवकोटाले भने, ‘राजश्व उठ्दैन, चालु खर्च घटाउने कुनै रणनीतिक योजना छैन र पुँजीगत खर्च गर्ने आधारहरु पनि गम्भीर रुपमा देखिदैन। त्यसैले पनि कार्यान्वयन गर्न चुनौतीपूर्ण नीति कार्यक्रम छ।’

उनले आफूहरुले दिएको सुझावहरु केही मात्रामा परेको भएपनि व्यवहारिक पक्षलाई समेटेर नआउँदा चुनौतीपूर्ण रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell