PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

समृद्ध प्रदेश बन्ने दिशामा नीति तथा कार्यक्रम अग्रसर छ : मुख्यमन्त्री जम्कट्टेल



पहिलोपोस्ट

समृद्ध प्रदेश बन्ने दिशामा नीति तथा कार्यक्रम अग्रसर छ : मुख्यमन्त्री जम्कट्टेल

हेटौंडा : वाग्मतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारको नीति तथा कार्यक्रम समृद्ध प्रदेश बन्ने दिशामा आएको दाबी गरेका छन्।

आइतवार सार्वजनिक आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमको विषयमा प्रतिक्रिया दिँदै मुख्यमन्त्री जम्कट्टेलले ५ वर्षअघिको सरकारको नीति तथा कार्यक्रमको तुलनामा अहिलेको कार्यक्रम धेरै फरक रहेको बताए।

‘हिजो हामीले सुरु गर्न नसकेका कामहरु, चाहेर पनि नभएका कामहरु जुन हामीले तल्लो तहबाट उठाउँदै आएको थियौं, ती कुराहरु आज यो नीति कार्यक्रममा समेटिएको छ’, मुख्यमन्त्री जम्कट्टेलले भने, ‘साँच्चिकै समृद्ध प्रदेश बन्ने दिशामा यो नीति कार्यक्रम अग्रसर छ।’

मुख्यमन्त्री जम्कट्टेलले भौतिक पूर्वाधार क्षेत्र, कृषि, शिक्षा, स्वास्थ्य तथा कानुनको क्षेत्रमा परम्परावादी ढंगबाट नभई सबैभन्दा नयाँ र धेरै राम्रा कार्यक्रमहरु आएको दाबी गरे। जम्कट्टेलले प्रतिपक्षी दल नेकपा (एमाले)ले दिएको सुझावहरु कुनै पनि नछुटाई सबै समेटिएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell