PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

किलोको साढे २ लाखमा रक्त चन्दनको तेलको कारोबार, प्रहरीले आठ जनालाई समात्यो



पहिलोपोस्ट

किलोको साढे २ लाखमा रक्त चन्दनको तेलको कारोबार, प्रहरीले आठ जनालाई समात्यो

काठमाडौंः रक्त चन्दनको तेलसहित प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको चुच्चेपाटीबाट तेलसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरुमा ३० वर्षीय सुशील पाठक, २८ वर्षीय विनोद बराल, ३६ वर्षीय ज्ञानबहादुर ओली, ३५ वर्षीय नवीन दाहाल, हरि दाहाल, निलकान्त भुसाल, मोहनबहादुर विश्वकर्मा र खेमराज घिमिरे रहेका छन्।

प्रहरीले उनीहरुको साथबाट ८० किलो रक्त चन्दनको तेल समेत बरामद गरेको दाबी गरेको छ। बजारमा एक किलो रक्तचन्दनको तेलको मूल्य प्रतिलिटर २ लाख ५० हजार रुपैयाँको दरले कारोबार भएको प्रहरीले जानकारी पाएको थियो।

प्रहरीले बरामद गरेको तेलको मूल्य साढे २ करोड रुपैयाँ पर्ने बताएको छ। बरामद तेल र मानिस डिभिजन बन कार्यालयलाई बुझाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell