इण्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेल आइतवार बेलुकीका लागि तय भएको थियो। तर, अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा वर्षाका कारण खेल नै सुरु हुन सकेन। जसका कारण खेल 'रिजर्भ डे' मा धकेलिएको छ।
Thanks to all the fans for their continued patience and support 👏🏻👏🏻
— IndianPremierLeague (@IPL) May 28, 2023
See you tomorrow in Ahmedabad 🤗
⏰ 7:30 PM IST #TATAIPL | #Final | #CSKvGT pic.twitter.com/2UUkSKYmKO
तर यदि सोमवार पनि वर्षाले खेल रोकिए के होला? यस्तो भएको खण्डमा लिग चरणमा शीर्ष स्थानमा रहँदै क्वालिफायर्समा पुगेको गुजरात च्याम्पियन बन्नेछ। र, पाँचौँ पटक च्याम्पियन बन्ने महेन्द्रसिंह धोनीको सपना चकनाचुर हुनेछ।
अब सोमवार हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरात टाइटन्स र धोनीको कप्तानीमा रहेको चेन्नइ सुपर किंग्स उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। गुजरात लगातार दोस्रो ट्रफीको खोजीमा मैदान उत्रँदैछ।
The #Final of the #TATAIPL 2023 has been moved to the reserve day on 29th May - 7:30 PM IST at the Narendra Modi Stadium, Ahmedabad.
— IndianPremierLeague (@IPL) May 28, 2023
Physical tickets for today will be valid tomorrow. We request you to keep the tickets safe & intact. #CSKvGT pic.twitter.com/d3DrPVrIVD
१६ खेलबाट ८५१ रन जोडेका शुभमन गिलको लय सन्तुलित टिम गुजरातका लागि बलियो पक्ष रहेको छ। टाइटन्सको अलराउण्ड प्रदर्शन र धोनीको सक्षम नेतृत्वको टोलीबिचको प्रदर्शन हेर्न लायक हुनेछ। आइतवार फाइनल खेल हेर्न एक लाख बढी दर्शक स्टेडियममा पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
लिग चरणमा १४ खेलबाट १० खेल जितेको गुजरात शीर्ष र ८ खेल जितेको चेन्नइले शीर्ष दुईमा स्थान बनाउँदै पहिलो क्वालिफायर्स खेलेका थिए। जसमा चेन्नइले १५ रनको जित निकाल्दै फाइनलमा स्थान बनाउँदा गुजरात भने दोस्रो क्वालिफायर्समा पुग्यो।
Inching closer to the ultimate showdown ⏳
— IndianPremierLeague (@IPL) May 28, 2023
It all boils down to this 👊
Who will emerge victorious in the #Final 🏆 #TATAIPL | #CSKvGT pic.twitter.com/fBMqYDu4pG
दोस्रो क्वालिफायर्समा गुजरातले मुम्बई इण्डियन्समाथि ६२ रनको जित निकाल्दै फाइनलमा स्थान बनायो। प्रतियोगिताको उद्घाटन खेल खेलेका यी दुई टोलीले उपाधिका लागि फेरि एकपटक फाइनलमा प्रतिस्पर्धा गर्दैछन्।