PahiloPost

May 24, 2026 | १० जेठ २०८३

एक वर्षपछि रि - रिलिज हुँदै दी सेक्रेट्स अफ राधा



पहिलोपोस्ट

एक वर्षपछि रि - रिलिज हुँदै दी सेक्रेट्स अफ राधा

काठमाडौं : सुवर्ण थापा निर्देशित फिल्म दी सेक्रेट्स अफ राधा पुन रिलिज हुने भएको छ। पहिलो रिलिजको केही दिनमा नै निर्देशक सुवर्ण थापाले शो वितरणमा विभेद भएको भन्दै फिल्म हलबाट उतारेका थिए।

निर्देशक थापाले आगामी भदौ २९ गते पुन रिलिजको मिति तय भएको जानकारी दिए।

विभिन्न फिल्म फेस्टिवलमा सफलता हासिल गरेको फिल्मले अस्ट्रेलिया, अमेरिका र युरोपमा नेपाली दर्शकको राम्रो साथ पाएको छ। 'आदरणीय दर्शक महानुभावहरु अष्ट्रेलिया, नर्थ  अमेरिका र यूरोप को सफल प्रदर्शन एवं  विभिन्न राष्ट्रिय अन्तरराष्ट्रिय चलचित्र  महोत्सवहरुमा सहभागिता पछि हामीले "द सेक्रेट्स अफ राधा" लाई तपाईंहरुको सामु ल्याउने जमर्को गरेकाछौ। आशा छ यो अवसरमा तपाईंहरुले हाम्रो साथ दिनुहुनेछ,' निर्देशक थापाले फेसबुकमार्फत आह्वान गरेका छन्।

हराएको पतिको खोजीमा संघर्षरत महिलाको कथामा आधारित फिल्म राधामा श्रृष्टि श्रेष्ठको लिड रोल रहेको छ। फिल्म पहिलो पटक गत वर्ष भदौमा रिलिज भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell