PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

रिहा भएपछि रेशम चौधरीले भने : यो स्वभाविक हो तर ढिला भयो



पहिलोपोस्ट

रिहा भएपछि रेशम चौधरीले भने : यो स्वभाविक हो तर ढिला भयो

काठमाडौं : गणतन्त्र दिवस, २०८० को अवसरमा आममाफी पाउँदै रेशम चौधरी रिहा भएका छन्। रिहा भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै चौधरीले यसलाई स्वभाविक रुपमा लिएको बताए।

उनले भने, ‘यो अकस्मात पनि होइन सुनियोजित पनि होइन, यसलाई मैले स्वाभाविक रुपमा लिएको छु तर यो ढिला भयो। टीकापुर घटना एउटा विशुद्ध राजनीतिक घटना हो, यो घटनालाई राजनीतिक दलहरुले चिन्न निकै ढिलो गरे।’

यद्यपि, त्यो दुर्भाग्यपूर्ण घटना भएको भन्दै टीकापुरवासीले चाहेर त्यो घटना नभएको उनको भनाइ थियो। त्यसमा सञ्चारमाध्यममा आएजस्तो पूर्ण रुपमा थारुहरुको संलग्नता नभएको उनको भनाइ थियो।

यसलाई मिहिन ढंगबाट केलाउन आयोग नै गठन गरिनुपर्छ भन्ने आफूलाई लागेको उनले बताए।

रिहा हुँदै गर्दा उनलाई समर्थकहरुले कारागार गेटमा फूलमाला र अबिरले स्वागत गरेका थिए। सो क्रममा समर्थकहरुले पञ्चेबाजा बजाएर पनि खुसी मनाएका थिए।

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीसहित ५०१ जनाको कैद माफी गरेका छन्। आइतवार बिहान बसेको मन्त्रिपरिषद्ले चौधरीलाई आममाफी गर्न सिफारिस गरेको थियो।

टीकापुर घटनामा संलग्न भएको आरोपमा उच्च अदालतको जन्म कैदको फैसलालाई सर्वोच्च अदालतले पनि सदर गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell