PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

गणतन्त्रको १५ वर्ष : टुँडिखेलमा झाँकी देखि परेडसम्म

गणतन्त्रको १५ वर्ष : टुँडिखेलमा झाँकी देखि परेडसम्म

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : आज गणतन्त्र घोषणा भएको १५ वर्ष पूरा भएको दिन । २४० वर्षे राजतन्त्रको अन्त्य गर्दै २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट राजतन्त्रको अन्त्य गरि गणतन्त्र घोषणा गरिएको थियो।

राजाको जेठो छोरा राजा बन्ने वंशीय पुरुषतन्त्रको अन्त्य गरि वंशका आधारमा होइन, जनताले चुनेका प्रतिनिधिबाट निर्वाचित राष्ट्रप्रमुख बन्ने जनताको राज्य व्यवस्थाको रूपमा गणतन्त्र स्थापना भएको हो।

गणतन्त्र दिवसको अवसरमा आज टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ। नेपाली सेनाद्वारा आयोजित समारोहमा सेनाको परेडदेखि कलाकारहरुले साँस्कृतिक झाँकी प्रस्तुत गरेका थिए।

कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, लगायतको उपस्थिति थियो।



ट्रेन्डिङ पोस्ट

Ncell