PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

बजेट पारित गर्न दिउँसो १ बजे मन्त्रिपरिषद् बैठक बस्दै



पहिलोपोस्ट

बजेट पारित गर्न दिउँसो १ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं : आगामी आर्थिक वर्षको बजेट, आन्तरिक ऋणलगायतका विधेयक पारित गर्न सरकारले मन्त्रिपरिषद्को बैठक डाकेको छ।

बैठक १ बजे बस्ने छ। बैठकले पारित गरेपछि अर्थमन्त्री डा प्रकाशशरण महतले राष्ट्रपति रामचन्द्र पौडेललाई बजेटका बारेमा ब्रिफिङ गर्ने छन्।

त्यसपछि अर्थमन्त्रीले संसद्को संयुक्त बैठकमा बजेट भाषण पढ्ने कार्यक्रम छ। बजेट भाषणका लागि ४ बजेलाई बैठक डाकिएको छ।

सरकारले साढे ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य राख्दै १७ खर्ब १५ अर्ब रुपैयाँको बजेट प्रस्तुत गर्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell