PahiloPost

May 24, 2026 | १० जेठ २०८३

रास्वपाकी बिन्दबासिनी कंसाकारले लिइन् सांसद पदको शपथ

रास्वपाकी बिन्दबासिनी कंसाकारले लिइन् सांसद पदको शपथ

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता बिन्दबासिनी कंसाकारले प्रतिनिधिसभा सदस्य पदको शपथ लिएकी छिन्। आज संसद भवन नयाँ बानेश्वरमा सभामुख देवराज घिमिरेले उनलाई पद तथा गोपनिताको शपथ गराएका हुन्।

रास्वपाबाट सांसद भएका ढाकाकुमार श्रेष्ठले रकम बार्गेनिङ गरेको अडियो बाहिरिएपछि उनलाई पार्टीले कारबाही गरेको थियो। उनलाई पार्टीले निलम्बन गरेपछि उनको ठाउँमा कंसाकारलाई रास्वपाले सांसद बनाएको हो। 



ट्रेन्डिङ पोस्ट

Ncell