PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

२००८ सालमा ५ करोडको बजेट ७२ वर्षमा १७ खर्ब नाघ्यो, यसपाला कति?



पहिलोपोस्ट

२००८ सालमा ५ करोडको बजेट ७२ वर्षमा १७ खर्ब नाघ्यो, यसपाला कति?

काठमाडौं : संघीय संसदमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत भइरहेको छ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा अहिले बजेट प्रस्तुत गरिरहेका छन्। आजै बसेको मन्त्रिपरिषद् बैठकले बजेट अनुमोदन गर्दै प्रस्तुतिका लागि स्वीकृत प्रदान गरेको हो। प्रत्येक जेठ १५ गते वार्षिक बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ। बजेट वक्तव्य सुन्न राजनीतिक दलका नेता, संवैधानिक अङ्गका प्रमुख संसद् भवन नयाँबानेश्वर पुगेका छन्। निजी क्षेत्रका प्रतिनिधि पनि बानेश्वर पुगेका छन्।।

नेपालको इतिहासमा प्रजातन्त्र स्थापना भएपछि पहिलो अर्थमन्त्री सुवर्णशमशेर राणाले २००८ माघ २१ गते पहिलो बजेट प्रस्तुत गरेका थिए। उक्त बजेट पाँच करोड २५ लाख बराबरको थियो। त्यसपछिका बजेट विकास केन्द्रित भएकाले वैदेशिक सहयोग प्राप्त भई सडक, पूर्वाधार लगायत महत्वपूर्ण विकास निर्माण अघि बढेको इतिहास छ। नेपालको बजेटको आधार १७ अर्ब नाघिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell