
काठमाडौं : सप्तरीमा स्रोत नखुलेको भारतीय रुपैयाँ सहित एक जना पक्राउ परेका छन्।
राजविराज नगरपालिका-७ त्रिभुवन चोकबाट स्रोत नखुलेको २ लाख भारतीय रूपैयाँसहित सोही नगरपालिका-९ मलेठ बस्ने ३७ वर्षीय श्याम सुरेश यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले स.१ त १३७४ नम्बरको पिक अपलाई जाँच गर्ने क्रममा ५ सय दरका ४ सय थान नोटसहित फेला पारी उनलाई पक्राउ गरेको हो।
बरामद रकमसहित उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा पठाएको प्रहरीले जानकारी दिएको छ।