PahiloPost

Feb 19, 2026 | ७ फागुन २०८२

बजेटमा गाँजाखेतीको कुरा, संसदले ठोके ताली, अर्थमन्त्री हास्दै दङ्ग



पहिलोपोस्ट

बजेटमा गाँजाखेतीको कुरा, संसदले ठोके ताली, अर्थमन्त्री हास्दै दङ्ग

काठमाडौ : लामो समय छलफलमा रहेको गाँजा खेतीले यस पटकको बजेटमा प्राथमिकता पाएको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले बजेटमा गाँजाखेतीको सम्भाव्यता अध्ययन गरिने जनाएका हुन्।

औषधिजन्यको लागि गाँजा खेतीको प्रयोगको लागि सम्भाव्यता अध्यान गरिने अर्थमन्त्री महतले जानकारी दिए। 'औषधिजन्य प्रयोगका लागि गाजा खेतीको सम्भाव्यता अध्ययन गरिनेछ,' अर्थमन्त्रीले बजेट पढेपछि सांसदहरुले टेबल ठोकेका थिए।

उनले गाँजा खेतीको सम्भाव्यता अध्यायन गरिने जनाएसँगै हाँसेका थिए। त्यसपछि उपस्थित सांसदहरुको पनि हासोको फोहरा छुट्यो। सांसदहरुले टेबल ठोकेको देखेर अर्थ मन्त्री पनि दंग परेको देखिन्थ्यो। बजेट पढ्न एकछिन 'पज' गर्दै अर्थमन्त्री पनि हाँसेका थिए।

सांसद शेरबहादुर तामाङ र काठमाडौंका पूर्व मेयर केशव स्थापितले लामो समयदेखि गाँजा खेतीका लागि लबिङ गर्दै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell