PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन



पहिलोपोस्ट

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन

काठमाडौं : सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन गरेको छ।

सोमवार अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उत्पादन तथा उत्पादकत्वको वृद्धिमा सरकारले जोड दिएको बताए। उनले कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइने बताए।

रैथाने बालीको सरकारले व्यापार कम्पनीमार्फत खरिद गर्ने भएको छ। खेतवारीमा प्राविधिक सेवाको लागि ४७ करोड रुपैयाँ बिनियोजन गरिएको छ।

आगामी वर्षको बजेटमा कृषि मन्त्रालयको लागि ५८ अर्ब ९८ करोड बजेट बिनियोजन गरिएको छ। आव २०७९/८० को बजेटमा ५५ अर्ब ९७ करोड रूपैयाँ विनियोजन गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell