PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

गाँजाको कुरा आएपछि एमाले नेता शेरबहादुर तामाङ दङ्ग, भने : समर्थन गर्छौं



पहिलोपोस्ट

गाँजाको कुरा आएपछि एमाले नेता शेरबहादुर तामाङ दङ्ग, भने : समर्थन गर्छौं

काठमाडौं : नेकपा एमालेका नेता शेरबहादुर तामाङले उठाउँदै आएको गाँजाखेतीको नारा सरकारले बजेटमा उल्लेख गरेको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारको आगामी बजेट प्रस्तुत गर्दै भने, 'औषधिजन्य प्रयोगका लागि गाजा खेतीको सम्भाव्यता अध्ययन गरिनेछ।'

पूर्वमन्त्री एवं एमाले नेता तामाङले सदनदेखि विभिन्न स्थानमा उठाउँदै आएको मुद्दा हो गाँजा खेतीको विषय। बजेटमा गाँजाखेतीको विषय समेटियो नि, कस्तो लागिरहेको छ?

पहिलोपोस्टको प्रश्नमा तामाङले भने, 'म पनि बजेट हेरिरहेको छु। रोस्टममै यो विषय प्रवेश गरेको छ। यसरी विषय प्रवेश गरेको सकारात्मक छ। हामी समर्थन गर्छौं।'

गाँजा खेतीका लागि थप नीति नियम निर्माणका बेला ध्यान दिनुपर्ने समेत उनले बताए। गाँजाखेतीबाट नेपालको अर्थतन्त्र कायापलट हुने भन्दै यसका लागि कानुन बनाउन तामाङ सक्रिय थिए। यसपाला भने उनी आफ्नो निर्वाचन क्षेत्रबाट पराजित हुँदा संसदमा अनुपस्थित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell