PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

सन् २०२३ देखि २०३२ पर्यटक दशक, महतले सुनाए 'नेपाल घुमौं नेपाल चिनौं' नारा



पहिलोपोस्ट

 सन् २०२३ देखि २०३२ पर्यटक दशक, महतले सुनाए 'नेपाल घुमौं नेपाल चिनौं' नारा

काठमाडौं : अर्थमन्त्री प्रकाशशरण महतले सन् २०२३ देखि २०३२ पर्यटक दशकको रुपमा मनाइने घोषणा गरेका छन्। आज आर्थिक वर्ष २०८०-८१ को बजेट पेश गर्दै उनले पर्यटक दशकको घोषणा गरेका हुन्।

उनले सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य रहेकोसमेत बताए। उनले पर्यटकीय सेवको गुणस्तर बढाउन लगानी गर्ने घोषणा गरेका छन्।

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न 'नेपाल घुमौं नेपाल चिनौं' नारा सहित अभियान संचालन गर्ने घोषणा गरेका छन्। धार्मिक र पर्यटकीय क्षेत्रको अन्तर्राष्ट्रिय क्षेत्रमा नै प्रचारप्रसार गर्ने उनले बताएका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell