PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

ज्येष्ठ नागरिकको उमेर हद ६८ वर्ष नै, भत्ता पनि यथावत



पहिलोपोस्ट

ज्येष्ठ नागरिकको उमेर हद ६८ वर्ष नै, भत्ता पनि यथावत

काठमाडौं : सरकारले ज्येष्ठ नागरिकलाई दिँदै आएको भत्ता यथावत राखेको छ। ६८ वर्ष पूरा गरेका  जेष्ठ नागरिकले पाउने मासिक भत्ता ४ हजार रहेको छ।

सरकारले ज्येष्ठ नागरिकलाई दिँदै आएको उमेरको हद गएको आर्थिक वर्षमा घटाएको थियो। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उमेर हद दुई वर्ष घटाएका थिए। उनले ७० बाट घटाएर ६८ कायम गराएका थिए। तर चुनावी अभियानमा दलहरुले ६५ वर्षदेखि नै भत्ता दिने नारा उरालेका थिए। 

एक वर्षअघि प्रधानमन्त्री शेरबहादुर देउवाले वृद्ध भत्ता ६५ वर्षमा झार्ने बताएका थिए। सामाजिक सुरक्षा भत्ता र जेष्ठ नागरिक भत्ताका लागि १ खर्ब ५७ अर्ब ७३ करोड रुपैयाँ बिनियोजन गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell