PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

काठमाडौंमा १२ महिनै मेलम्चीको पानी आउने गरी काम अघि बढाइने



पहिलोपोस्ट

काठमाडौंमा १२ महिनै मेलम्चीको पानी आउने गरी काम अघि बढाइने

काठमाडौं : मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा १२ महिना उपलब्ध हुनेगरी काम अगाडि बढाइने भएको छ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा १२ महिना उपलब्ध हुनेगरी काम अगाडि बढाइने बताए।

यस्तै, उनले भौगोलिक अध्ययन प्रतिवेदनको सुझाव अनुसार यस आयोजनाको दिगो संचालन गरिने महतले बताए।

यस आयोजनाअन्तर्गत दोस्रो चरणको याङ्ग्री र लार्के जोड्ने गरी संरचना निर्माण गरिने उनले बताए। काठमाडौं उपत्यकामा खानेपानीको दिगो रुपमा उपलब्ध गराउन मकवानपुरको सिस्नेरी र ठोस्ने खोला बाट पानी ल्याउन संभाव्यता अध्ययन तथा पूर्वतयारीको काम सम्पन्न गरिने महतले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell