PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

संघीय संसद् भवन निर्माणमा १ अर्ब २२ करोड बजेट, एक वर्षभित्रै सम्पन्न हुने



पहिलोपोस्ट

संघीय संसद् भवन निर्माणमा १ अर्ब २२ करोड बजेट, एक वर्षभित्रै सम्पन्न हुने

काठमाडौं : संघीय संसद् भवन निर्माणका लागि आगामी वर्षको बजेटमा १ अर्व २२ करोड बजेट विनियोजन गरिएको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले संघीय संसद् भवनको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बताएका छन्।

भवनको आन्तरिक पूर्वाधार लगायतका बाँकी काम सम्पन्न गर्न १ अर्ब २२ करोड बजेट व्यवस्था गरेको उनले घोषणा गरेका छन्। त्यस्तै, स्थानीय तहका पालिकाकाहरुको भवन पनि लागत साझेदारीमा निर्माण गरिने उनले बताए।

लागत साझेदारीमा स्थानीय तहको प्रशासकीय भवन निर्माण सम्पन्न गर्न ५८ करोड रुपैयाँ विनियोजन गरेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell