PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

क्रिकेटमा पूर्वाधारमा केन्द्रित खेलकुद बजेट: खेलाडीलाई सहुलियत ऋण, एसियाली खेलकुदको तयारीलाई बजेट



पहिलोपोस्ट

क्रिकेटमा पूर्वाधारमा केन्द्रित खेलकुद बजेट: खेलाडीलाई सहुलियत ऋण, एसियाली खेलकुदको तयारीलाई बजेट

काठमाडौँ: आर्थिक वर्ष २०८०/८१ को बजेटमा खेलकुद तर्फ क्रिकेट रंगशालाको स्तरोन्नती र निर्माणमा केन्द्रित देखिएको छ। काठमाडौँका टीयू क्रिकेट मैदानको स्तरोन्नती, मुलपानी स्टेडियम समापन लगायतका विभिन्न क्रिकेट रंगशाला निर्माणमा बजेट बिनियोजन गरिएको होर

'विराटनगरमा गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला, बैतडीमा दशरथ चन्द क्रिकेट रंगशाला, कैलालीमा फाप्ला क्रिकेट रंगशाला र काठमाडौंमा सुवर्णशमसेर क्रिकेट रंगशाला निर्माण गर्न बजेट छुट्याएको छु,' खेलकुदमा बिनियोजित बजेटबारे अर्थमन्त्री प्रकाश शरण महतले भने।

खेलाडीलाई स्वरोजगार बन्न सहुलियतपुर्ण कर्जा दिइने भएको छ।

त्यस्तै एसियाली खेलकुद र दक्षिण एसियाली खेलकुदको तयारी तथा १० औँ राष्ट्रिय खेलकुदको तयारीका लागि खेलाडीलाई आवश्यक प्रशिक्षणका लागि बजेट बिनियोजन गरिएको छ।

'अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई प्रोत्साहन तथा सम्मान गरिनेछ।' बजेटमा भनिएको छ, 'निर्माणाधीन धनगढी, इटहरी, पोखरा र नेपालगंज प्रादेशिक रंगशाला र कभर्डहल निर्माणका लागि बजेट बिनियोजन गरेको छु।'

त्यस्तै खेल पर्यटनमा टेवा पुर्‍याउने गरि साहसिक खेलकुदको विकासका लागि पनि बजेट बिनियोजन गरेको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell