PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

'फाइटर'मा 'अन बोर्ड' अनिल कपुर भन्छन् : म हृतीकको बिग फ्यान



पहिलोपोस्ट

'फाइटर'मा 'अन बोर्ड' अनिल कपुर भन्छन् : म हृतीकको बिग फ्यान

बलिउड फिल्मका पुराना दर्शकका लागि अनिल कपुर र राकेश रोशनको जुगलबन्दी नौलो होइन। खेल, कारोबार, किसन कन्हैया जस्ता फिल्ममा यी दुईको दोस्ती गजब नै थियो। अब भने राकेशका छोरा हृतीकसँग देखिनेछन् अनिल कपुर।

सिद्धार्थ आनन्दको फिल्म फाइटरमा यी दुईका साथै दीपिका पादुकोण पनि हुनेछिन्। अनिल कपुर र हृतीकबिचको फिल्मी जुगलबन्दीले अनिल र राकेशको समयलाई धेरैले याद गरेका छन्।

त्यसो त अनिल हृतीकलाई निक्कै रुचाउँछन्। उनले केही अघिमात्रै एक अन्तर्वार्तामा भनेका छन् - म हृतीकको ठूलो फ्यान हुँ। 

फ्यान हुनुमा हृतीकको फिगरलाई आधार नबनाएको अनिलको तर्क छ। उनले उनको व्यवहार र सोचलाई आधार मानेका छन् प्रशंसक हुनुको। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell