PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

१७ खर्ब ५१ अर्ब ३१ करोड !



पहिलोपोस्ट

१७ खर्ब ५१ अर्ब ३१ करोड !

काठमाडौं : यथार्थमा आधारित हुने गरी आउने अपेक्षा गरिएको भए पनि सरकारले चालु वर्षकै हाराहारीमा भीमकाय बजेट प्रस्तुत गरेको छ। अर्थमन्त्री डा प्रकाश शरण महतले सोमवार बजेट प्रस्तुत गर्दै चालु खर्च बढाएका छन्।

चालु वर्ष १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट आएकोमा आगामी वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याइएको छ। चालुभन्दा कम आकारको देखिए पनि आर्थिक गतिविधि नभएको अवस्थामा यो भीमकाय बजेट हो।

उनले चालु खर्ब ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ हुने अनुमान गरेका छन्। पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोडबाट घटाएर ३ खर्ब २ अर्ब ७ करोडमा झारेका छन्। राजस्वको लक्ष्य भने सामान्य राखिएको छ। पोहोर १२ खर्ब ४० अर्बको लक्ष्य राखिएकोमा यसपाली १२ खर्ब ४८ अर्ब रुपैयाँ राखिएको छ।

उनले वैदेशिक अनुदान र ऋणलाई कम गरेका छन्। आन्तरिक ऋणलाई पनि घटाएका छन्।

बजेटमा केही अनावश्यक कार्यक्रमहरु काटिएको छ भने केही कार्यक्रमहरुको पुनर्संरचना गर्न खोजिएको छ। कर्मचारीको तलब भत्ता बढाइएको छैन भने पारिश्रमिकमा आयकरको सीमालाई पनि यथावत राखिएको छ।

संसाद विकास कोषलाई पुन: ब्युँताइएको छ। 

पढ्नुस् बजेटको पूर्ण पाठ -



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell