PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

चलचित्र क्षेत्रलाई बजेटमा के छ?



पहिलोपोस्ट

चलचित्र क्षेत्रलाई बजेटमा के छ?

काठमाडौंः सरकारले नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यको रूपमा विकास गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले चलचित्र पर्यटनलाई विकास गरिने बताए।

सार्वजनिक निजी साझेदारीमा दोलखामा अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी र बनेपामा इन्डोर स्टुडियो निर्माण प्रक्रिया निर्माण प्रक्रिया अघि बढाउने बजेटमा उल्लेख छ। जुन चालु वर्षको बजेटमा समेत समावेश थियो।

एक दशक हुँदा पनि दोलखाको फिल्म सिटी भने अलपत्र नै छ। चलचित्र विकास बोर्डले २०६९ मा दोलखाको डाँङडुँगे डाँडामा फिल्म सिटी बनाउने योजना अघि बढाएको थियो।

आयोजनालाई आवश्यक पर्ने जग्गा स्थानीय सेतीदेवी दाँदर सामुदायिक वनबाट दिनेगरी ०७३ मा मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । त्यसलगत्तै चैत ०७३ मा उक्त वनको ७६ दशमलव २५ हेक्टर जग्गा चलचित्र विकास बोर्डलाई भाडामा उपभोग दिनेगरी सम्झौता भएको थियो।

२०७४ सालमा तत्कालीन सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलले फिल्म सिटीको शिलान्यास गरेका थिए।

बजेट अभावमा भन्दै आयोजनाको काम अघि बढेको छैन।

तर वाग्मती प्रदेशको लगानीमा निर्माण भइरहेको फिल्म सिटी निर्माण सहयोग समितिका संयोजक मदनदास श्रेष्ठ बताउँछन्। ‘दोलखाको फिल्म सिटीको निर्माणाधीन अवस्थामा छ। प्रदेश सरकारको सहयोगमा अहिले प्रशासनिक भवन, होटल, बिजुलीको पोल, खानेपानीको धारा बनाउने काम भइसकेको छ। प्रवेशद्वार निर्माण पनि निर्माण भइरहेको छ’ उनले भने।

उनले दोलखा सिटी प्रोजेक्ट निर्माणमा १६ अर्ब लगानी लाग्ने अनुमान गरिएको समेत बताए।

१५ सय रोपनी जग्गामा हुने फिल्म सिटीमा चलचित्र छायांकनका लागि चाहिने अधिकांश पूर्वाधार हुनेछन् । इन्डोर गरिने छायांकनका लागि पर्याप्त पूर्वाधार हुने समेत बताइएको छ। आउटडोर सुटिङलाई आवश्यक पर्ने दृश्य तथा पूर्वाधार पनि निर्माण गरिने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell