PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

वार्षिक ५० लाख रुपैयाँभन्दा बढी कमाउनु हुन्छ? अब तिर्नुपर्नेछ थप ३ प्रतिशत कर



पहिलोपोस्ट

वार्षिक ५० लाख रुपैयाँभन्दा बढी कमाउनु हुन्छ? अब तिर्नुपर्नेछ थप ३ प्रतिशत कर

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी वर्षको बजेट प्रस्तुत गर्दै धेरै कमाउनेमाथि कर बढाइदिएका छन्। वार्षिक ५० लाख रुपैयाँभन्दा बढी कमाउनेहरुको आयकर थप वृद्धि भएको छ। डा. महतले उनीहरुको कर ३ प्रतिशतले थप बढाइदिएका हुन्।

अहिले अधिकतम कर ३६ प्रतिशतसम्म थियो। अब तीन प्रतिशतले उनीहरुको कर बढेको हो।

अहिले जतिसुकै कम कमाउनेले पनि एक प्रतिशत कर तिर्नैपर्छ। एकलको हकमा ५ लाख र दम्पतिको हकमा ६ लाख कमाउनेले एक प्रतिशत कम तिर्नैपर्छ।

त्यसभन्दा माथि २० हजार रुपैयाँ कमाउनेले १० प्रतिशत कम थप तिर्नुपर्छ। यसबाहेक अर्को ६० हजार कमाउनेले २० प्रतिशत कर तिर्नुपर्छ। ६० हजारपछि अर्को ३ लाख कमाउनेले ३० प्रतिशत तिर्नुपर्छ। ३० प्रतिशत कर तिर्दा आम्दानी २० लाखसम्मको पुगिसकेको हुन्छ।

२० लाखभन्दा माथि जतिसुकै कमाउनेले अर्को ६ प्रतिशत गरेर कुल ३६ प्रतिशत कर भुक्तानी गर्नुपर्छ। अब भने ५० लाखभन्दा बढी कमाउनेले अर्को ३ प्रतिशत कर तिर्नुपर्ने भएको छ।

बढेको करले बैंक तथा वित्तीय संस्थाका माथिल्ला तहका कर्मचारी, कर्पोरेटका हाकिम, बीमा कम्पनीका प्रमुख लगायतलाई भार परेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell