PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

त्रिवि सेवा आयोगको भवन खाली गर्न र पदाधिकारी नियुक्ति गर्न अनेरास्ववियुको माग



पहिलोपोस्ट

त्रिवि सेवा आयोगको भवन खाली गर्न र पदाधिकारी नियुक्ति गर्न अनेरास्ववियुको माग

काठमाडौं : अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा रिक्त रहेको पदाधिकारी नियुक्त गर्न माग गरेको छ। अनेरास्विविया त्रिवि जिल्ला कमिटीका संयोजक समिर राज बिष्टले आयोगका सदस्य हेमराम ढकाललाई ज्ञापनपत्र बुझाएका हुन्।

१० महिनादेखि आयोग पदाधिकारी बिहीन रहँदा प्राध्यापक र कर्मचारीको सुरुवा बढुवा लगायतका काममा ढिलासुस्ती भएको छ। त्यसबाट विश्वविद्यालयको शैक्षिक र प्रशासनिक गतिविधिमा नै असर पुगेको अनेरास्ववियुले ज्ञापनपत्रमा उल्लेख गरेको छ।

यस्तै, अनेरास्ववियुले त्रिवि सेवा आयोगले प्रयोग गर्दै आइरहेको भवन खाली गराउन पनि आग्रह गरेको छ। संयोजक बिष्टले भवन जे प्रायोजनको लागि बनेको हो त्यही कामका लगि संचालन हुनुपर्ने र छात्राबास बन्नै पर्ने बताएका छन्। सो भवनमा छात्रावास राख्ने निर्णय भइसके पनि ८ वर्षदेखि आयोगले नै प्रयोग गरिरहेको र त्यसबाट त्रिविमा पढ्न आउने विद्यार्थी मारमा परेको अनेरास्ववियुले जनाएको छ। हाल संचालनमा रहेको इश्वरी छात्रावास पर्याप्त नभएको कारण आयोगले एक महिनाभित्र भवन खाली गरेर छात्रावास बनाउन माग गरिएको छ। 

मागहरु पूरा नभए आन्दोलनका कार्यक्रमहरु संचालन गर्ने बिष्टले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell