PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

हरिकृष्ण कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिले माग्यो उजुरी



पहिलोपोस्ट

हरिकृष्ण कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिले माग्यो उजुरी

काठमाडौं : संसदीय सुनुवाइ समितिको मंगलवार बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस भएका कामु प्रधान न्यायाधीश हरिकृष्ण कार्कीविरूद्ध उजुरीका लागि आह्वान गरेको छ।

समितिका ज्येष्ठ सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर राणाको अध्यक्षमा मंगलवार सिंहदरबारमा बसेको बैठकले उजुरी दिन आह्वान गर्ने निर्णय गरेको हो। उजुरी दर्ता वा इमेलबाट पनि पठाउन सकिने जनाइएको छ।

कायममुकायम प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरीका लागि १० दिनको समय दिइएको छ। गत बैशाख २५ गते संवैधानिक परिषद्ले उनलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो।

प्रधानन्यायाधीशको पद करिब १५ महिनादेखि रिक्त छ। बैठकमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको पनि उपस्थिति थियो। बैठकले सुनुवाइ समिति कार्यविधिसमेत पारित गरेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell