PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

उत्कृष्टमा गिलको वर्चस्व, धेरै रन बनाउनेदेखि विकेट लिने खेलाडी गुजरातमा : कसले कति जित्यो?



पहिलोपोस्ट

उत्कृष्टमा गिलको वर्चस्व, धेरै रन बनाउनेदेखि विकेट लिने खेलाडी गुजरातमा : कसले कति जित्यो?

इण्डियन प्रिमियर लिग (आईपीएल)मा गएराति सम्पन्न फाइनल खेलमा गुजरात टाइटन्सलाई हराउँदै चेन्नइ सुपर किंग्स च्याम्पियन बन्यो।आईपीएलको यो सिजनको कुल पर्स ४६.६ करोड भारतीय रुपैयाँको थियो।

कसले कति कमायो?

तेस्रो स्थानमा रहँदै आईपीएलको यो सिजन टुंग्याएको मुम्बई इण्डियन्सले ७ करोड भारतीय रुपैयाँ प्राप्त गर्दा चौथो स्थानको लखनउ सुपर जायन्टले ६.५ करोड भारतीय रुपैयाँ प्राप्त गर्‍यो।

च्याम्पियन बनेको चेन्नइले २० करोड भारतीय रुपैयाँ प्राप्त गर्दा दोस्रो बनेको गुजरात टाइटन्सले १३ करोड भारतीय रुपैयाँ हात पार्‍यो।

'फेयर प्ले'मा दिल्ली क्यापिटल्सले ट्रफीमात्र हात पार्‍यो।

उत्कृष्टमा गिलको वर्चस्व

आईपीएलको यो सिजनामा सर्वाधिक रन बनाउने खेलाडी बने गुजरातका शुभमन गिल। जारी सिजन ८९० रन बनाएका उनले ७३० रन बनाएका फाफ डुप्लिसिस र ६७२ रन बनाएका डेभोन कोन्वेलाई पछि पारे। त्यस्तै बलिङतर्फ सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष ३ मै गुजरातको वर्चस्व छ। मोहम्मद शमीले २८ विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडी बन्दा आफ्नै टोलीका समान २७ विकेट लिएका मोहित शर्मा र राशिद खानलाई पछि पारे।

४ वटा फरक विधामा उत्कृष्ट बनेका गिलले ४० लाख अतिरिक्त बनाउन सफल भए।

कसले कति रकम जिते?

ओरेन्ज क्याप (धेरै रन) : शुभमन गिल (८९० रन) (१० लाख भारु)

पर्पल क्याप (धेरै विकेट) : मोहम्मद शमी (२८ विकेट) (१० लाख भारु)

सिजनको 'भ्यालुएबल' खेलाडी : शुभमन गिल (१० लाख भारु)

सिजनको 'गेमचेन्जर' : शुभमन गिल (१० लाख भारु)

उदीयमान खेलाडी : यशस्वी जसवाल (१० लाख भारु)

क्याच अफदी सिजन : राशिद खान

सिजनको लामो छक्का: फाफ डुप्लिसिस (११५ मिटर)

सर्वाधिक चौका : शुभमन गिल (८५) (१० लाख भारु)

सुपर स्ट्राइकर अफ दी सिजन: ग्लेन म्याक्सवेल (१० लाख भारु)

वेस्ट भेन्यु: इडेन गार्डेन स्टेडियम (कोलकाता) र वानखेडे स्टेडियम (मुम्बई) (५० लाख भारु)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell