PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

दोस्रो खेलमा नेपालको पुनरागमन, रुबिनाको ‘अलराउण्ड’ प्रदर्शनमा नेपालको जित



पहिलोपोस्ट

दोस्रो खेलमा नेपालको पुनरागमन, रुबिनाको ‘अलराउण्ड’ प्रदर्शनमा नेपालको जित
तस्विर : मलेसिया क्रिकेट

काठमाडौं : नेपाल र मलेसियाबिचको ‘बाइल्याट्रल’ सिरिजको दोस्रो खेलमा नेपालले मलेसियालाई हराएको छ। पहिलो खेलमा सोमवार ५ विकेटले पराजय ब्यहोरेको थियो। मंगलवार भने पुनरागमन गर्दै कप्तान रुबिना क्षेत्री प्रेरित नेपालले मलेसियामाथि ७ विकेटको जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९७ रन बनाएको थियो। मलेसियाका लागि मास एयसा यस्मिनले सर्वाधिक २८ रन बनाउँदा विनिफ्रेड एन्नी डुराइसिंगम र वान जुलिया वानले समान २० रन बनाए। त्यस्तै एइन्ना हमिजा हसिमले १४ रन बनाइन्।

यता, बलिङतर्फ नेपालका रुबिना क्षेत्रीले सर्वाधिक २ विकेट लिँदा कविता कुँवर र इन्दु वर्माले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले १७.३ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अविजित रहँदै सर्वाधिक २९ रन बनाउँदा सीता राना मगरले २३, कविता कुँवरले २६ तथा विन्दु रावलले १७ रन बनाए।

योसँगै ५ खेलको सिरिजमा १-१ को बराबरी भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell