PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

मस्कोमा ड्रोन आक्रमण : 'दोस्रो विश्वयुद्ध यताकै गम्भीर प्रहार'



पहिलोपोस्ट

मस्कोमा ड्रोन आक्रमण : 'दोस्रो विश्वयुद्ध यताकै गम्भीर प्रहार'
Photo : Reuters

रसियाली अधिकारीहरुले मस्कोमा ड्रोन आक्रमण भएको बताएका छन्। ती आक्रमणबाट हल्का क्षति भएको र गम्भीर चोटहरु नपुगेको जनाइएको छ। मंगलवार रसियाको 'एयर डिफेन्स सिस्टम'ले कयौं ड्रोनहरुलाई आकाशमै नष्ट गरेको थियो।

रसियाको रक्षा मन्त्रालयले युक्रेनले मस्कोमाथि ८ वटा ड्रोन प्रहार गरेको र सबैलाई आकाशमै नष्ट गरिएको जनाएको छ। केही हप्ता अघि राष्ट्रपति भ्लादिमिर पुटिनको निवास क्रेमलिनमा नै ड्रोन आक्रमण भएको थियो।

यता, युक्रेनले पनि किभमा प्रहार भएको ३१ वटा ड्रोनमध्ये २९ वटालाई नष्ट गरेको जनाएको छ।

रसियाका सांसद म्याक्सिम इभानोले दोस्रो विश्व युद्धया कै गम्भीर आक्रमण भएको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell