PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

एनएमबी बैंकको शाखा नै लुटियो



पहिलोपोस्ट

एनएमबी बैंकको शाखा नै लुटियो
Photo : Mithila Today/ FB

काठमाडौं : महोत्तरीमा अज्ञात समुहले बैंक लुटेका छन्।

हातहतियार सहित पुगेको समुहले मोहत्तरी गाउँपालिका २ मा रहेको एनएमबी बैंकको शाखामा लुटपाट गरेका हुन्। प्रहरीको प्रारम्भिक अनुसन्धानमा ५/६ जनाको समुहले बैंकमा रहेको ३८ लाख रुपैयाँ लुटेर फरार रहेको खुलेको छ। मंगलवार साढे १२ बजेतिर नकावधारी समुह बैंक छिरेको थियो।

'बैंकले दिएको जानकारी अनुसार ३८ लाख रुपैयाँ लिएर फरार भएको भनिएको छ। हामी थप अनुसन्धान गरिरहेका छौं,' मधेश प्रहरी प्रदेशका एसएसपी महेन्द्रकुमार श्रेष्ठले भने।

बैंकका कर्मचारीलाई पेस्तोल देखाएर रकम लुटेपछि उनीहरु मोटरसाइककलमा बसेर भागेका थिए। प्रहरीले अहिले भारतीय सीमा नाकादेखि सम्भावित क्षेत्रमा खोजी गरिरहेको छ। अहिले प्रदेश प्रहरी कार्यालयमाबाट एसएसपी सहितको टोली घटनास्थलमा पुगेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell