PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

भकुन्डेबेसीमा 'नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने



पहिलोपोस्ट

भकुन्डेबेसीमा 'नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने

काठमाडौं: ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को दोस्रो संस्करण जेठ २५ गतेदेखि २७ गतेसम्म हुने भएको छ। काभ्रेको भकुन्डेबेसीमा हुने महोत्सवमा २६ वटा फिल्महरु देखाइनेछ।   

नेपाली मौलिक तथा ग्रामीण कथावस्तुमा बनेका फिल्महरु मात्र सहभागी हुने महोत्सवका लागि गत फागुनमा दर्ता खुल्ला गरिएको थियो। महोत्सवमा गाउँले परिवेशमा बनेका स्वदेशी फिचर तथा लघु फिल्म, डकुमेन्ट्री तथा विभिन्न भाषाभाषीका फिल्महरु 'स्क्रिनिङ' हुनेछन्। जसमध्ये उत्कृष्ट फिल्मलाई अवार्ड समेत प्रदान गरिनेछ।

स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु र नेपाली चलचित्र हेर्ने बानी बसाल्नु महोत्सवको मुख्य उद्देश्य रहेको आयोजक संस्था सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए।

चलचित्र विकास बोर्डले सहकार्य रहेको तीन दिने महोत्सवको खर्च १५ लाख अनुमान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell