PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

गृहमन्त्रीलाई युवराज सफलको निवेदन : रवि लामिछानेले पुन: प्राप्त गरेको नागरिकता रद्द होस्



पहिलोपोस्ट

गृहमन्त्रीलाई युवराज सफलको निवेदन : रवि लामिछानेले पुन: प्राप्त गरेको नागरिकता रद्द होस्

काठमाडौं : नेपाल समाजवादी मोर्चाका संयोजक युवराज पौडेल सफलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता पुन: प्राप्ती गरेको विषयमा छानबिन हुनुपर्ने भन्दै गृहमन्त्रालयमा निवेदन दिएका छन्।

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निवेदनमा उनले रविले पुन: प्राप्ती गरेको नागरिकता खारेजको माग गरेका छन्।

सर्वोच्च अदालतले नागरिकता विवादमा रवि लामिछानेको विरुद्ध फैसला सुनाएपछि उनको सांसद पद गएको थियो। र, त्यसपछि रविले जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर नागरिकता लिएका थिए। सफलले नागरिकता पुन: प्राप्त गरेको सो प्रक्रियामाथि नै प्रश्न उठाएका छन्।

लामिछानेले अमेरिकी दूतावासबाट नागरिकता त्याग गरेको निस्सा नबुझाएको र आवश्यक प्रक्रिया पूरा नै नगरी नागरिकताको प्रथक प्रतिलिपी लिएको दाबी गरेका छन्। उनले रविलाई नागरिकता लिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय र सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्यलाई पनि कारवाही गर्न माग गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell