PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

कांग्रेस नेतृ मीना पाण्डेको निधन



पहिलोपोस्ट

कांग्रेस नेतृ मीना पाण्डेको निधन

काठमाडौं : नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व बालबालिका तथा समाजकल्याण राज्यमन्त्री मीना पाण्डेको निधन भएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिकी पूर्व सदस्यसमेत रहेकी पाण्डेको आज अपरान्ह काठमाडौंको गौशालास्थित निजी निवासमा निधन भएको हो।

आजै अपरान्ह ५ बजे उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिएको थियो। आजै उनको दाहसंस्कार गरिँदैछ।

२००८ सालमा जन्मिएकी पाण्डेले २०३५ सालमा नेपाल विद्यार्थी संघबाट राजनीतिक जीवनयात्रा प्रारम्भ गरेकी थिइन्। तीन पटकसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य भएकी पाण्डे तीनपटक प्रतिनिधिसभा सदस्य भएकी थिइन्। उनी २०६४ सालमा संविधान सभा सदस्यसमेत भएकी थिइन्।

उनको निधनमा कांग्रेसले जेठ १६, १७ र १८ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने निर्णय गरेको छ। यस्तै, जेठ १७ गते केन्द्र तथा जिल्ला कार्यालयहरु बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने र सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने पनि कांग्रेसले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell