PahiloPost

Feb 19, 2026 | ७ फागुन २०८२

एपीएफमाथि फराकिलो जित निकालेको चर्च ब्वाइजलाई शीर्षस्थानमा चार अंकको अग्रता



पहिलोपोस्ट

एपीएफमाथि फराकिलो जित निकालेको चर्च ब्वाइजलाई शीर्षस्थानमा चार अंकको अग्रता
Photo: ANFA

काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत मंगलवार सम्पन्न खेलमा लिग लिडर चर्च ब्वाइजले एपीएफ क्लबमाथि फराकिलो जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा चर्चले एपीएफलाई ४-१ गोलअन्तरले हराएको हो।

खेलको तेस्रो मिनेटमै मौसम सुब्बाको गोलमा अग्रता बनाएको चर्चका लागि पहिलो हाफको इन्ज्युरी समयमा कप्तान अनन्त तामाङले गोल थपे। तेस्रो गोल पनि तामाङले नै ५७ औँ मिनेटमा गरे। त्यस्तै चौथो गोल ८९ औँ मिनेटमा आशिष चौधरीले गोल थप्दा एपीएफका लागि ८२ औँ मिनेटमा आवास लामिछानेले गोल फर्काएका थिए।

त्यसअघि दशरथ रंगशालामै सम्पन्न खेलमा जावलाखेल युथ क्लबले त्रिभुवन आर्मी क्लबलाई २-० गोलअन्तरले हराएको थियो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा जावलाखेललाई जित दिलाउन दुबै गोल एनकोटो मासोबीले गरे। उनले पहिलो गोल ५६ र दोस्रो गोल ७९ औँ मिनेटमा गरेका थिए।

योसँगै २३ खेलबाट ४१ अंक जोडेको चर्च ब्वाइज तालिकाको शीर्षस्थानमा छ। समान खेलबाट ३७ अंक जोडेको जावलाखेल तालिकाको दोस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell