PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

एउटा इन्स्टाग्राम पोस्टबाट कतिसम्म कमाउँछन् सेलिब्रिटी?



पहिलोपोस्ट

एउटा इन्स्टाग्राम पोस्टबाट कतिसम्म कमाउँछन् सेलिब्रिटी?

हामीमध्ये धेरैलाई लाग्न सक्छ सेलिब्रिटीले इन्स्टाग्राममा गर्ने पोस्ट उनीहरुको दैनिक जीवनको अपडेट मात्रै हो। तर सेलिब्रिटीको इन्स्टाग्राम पोस्ट त्यतिमा मात्रै सीमित हुँदैन।

के तपाईँलाई थाहा छ? ‘सेलेब’ तथा ‘इन्फ्लुएन्सर’हरुले सोसल मिडियामा गर्ने अधिकांश पोस्टबाट पनि अधिक आम्दानी गर्ने गर्दछन्। सेलेबहरुको करिब २०-३० प्रतिशत आम्दानी ‘सोसल मिडिया डिल’बाट हुने यससम्बन्धी जानकारहरु बताउँछन्। बलिउडदेखि हलिउडसम्म सेलिब्रिटीहरुको आम्दानीको स्रोत बनेको छ सामाजिक संजाल। नेपालमा पनि यो ‘क्ल्चर’ सुरु भइसकेको छ।

भारतीय बजार जति ठूलो छ त्यति नै सेलिब्रिटीहरुको क्रेज पनि। सेलेब भएर कुनै ब्राण्डको प्रचारक बन्न बलिउड अभिनेता अभिनेत्री नै हुनुपर्छ भन्ने छैन। क्रिकेटर होस् या सेफ, फुटबलर होस् या संचारकर्मी, प्राय: सेलिब्रिटीहरु सोसल मिडिया ह्यान्डलिङमा धेरै रकम खर्चिन्छन्। 

क्रिकेटर विराट कोहलीको इन्स्टाग्राममा २५० मिलियनभन्दा बढी फलोअरहरु छन्। उनले केही समयअघिको एक इन्स्टाग्राम पोस्टको लागि साढे ३ करोड देखि ५ करोड भारतीय रुपैयाँ लिएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ।

सोसल मिडियामा कन्टेन्टको आधारमा ‘फी’ निर्धारण हुने एक जानकार बताउँछन्। उनले भने, ‘पोस्टको तुलनामा स्टोरीको कम मूल्य हुन्छ, किनकी पोस्ट सधैँको लागि पेजमा बस्छ। ब्राण्डको पेजको लिंकसहित राखिएको स्टोरी मूल्य पनि महँगो हुन्छ। लिंक सहितको पोस्ट पनि प्राइसी हुन्छ। सबैभन्दा महँगो चाहिँ सेलेब्रिटीको पेज र ब्राण्डको पेजबिच सहकार्य गर्नुपरे हुन्छ।’

भारतीय तथा अन्तर्राष्ट्रिय प्रतिभासँग काम गरिसकेका ह्वाइट रिभर्स मिडियाका सीईओ तथा सह-संस्थापक श्रेनिक गान्धीले सेलेबको आम्दानीमा सोसल मिडियाको धेरै योगदान हुने बताए।

उनले भने, ‘सोसल मिडिया मात्रै एक बलियो दोहोरो माध्यम हो। यसले ब्राण्डको लागि सकारात्मक र नकारात्मक दुवै कोणबाट काम गर्छ। अर्को तर्फ यसलाई रिसर्च टुलको रुपमा पनि प्रयोग गर्न सकिन्छ। यदि मलाई कुनै ब्राण्डको लागि काम गर्नुपरे म पहिले जाने भनेकै सोसल मिडियामा हो। सेलेबसँग सहकार्य गर्दा ब्राण्डलाई धेरै फाइदा मिल्छ। सेलेबहरुको करिब करिब २०-३० प्रतिशत आम्दानी ‘सोसल मिडिया डिल’बाट हुन्छ, जुन निकै ठूलो हो।’

बनिरहनु पर्दैन ‘ब्राण्ड एम्बेसडर’

कुनै पनि ब्राण्डको प्रोमोसन पोस्ट गर्न सेलेब त्यो ब्राण्डको एम्बेसडर बनिरहँन नपर्ने सेलेब्रिटीसँग नजिक रहेर काम गरिसकेका एक अर्का जानकारले बताए। विशेष पोस्टको लागि पनि ‘डिल कट’ गर्न सकिने उनी बताउँछन्।

‘उदाहरणको लागि आउडी ब्राण्डले विराट, करीना कपूर खान तथा ऋतिक रोशनसँग पनि यस्तो खालको सहकार्य गरेको छ। छुट्टाछुट्टै क्याम्पेनको लागि पनि डिल हुन सक्छ,’ उनले भनेका छन्।

र, यो सोसल मिडियाको यो पनि खुवी हो कि कहिलेकाहीँ ब्राण्डहरूले सेलेबलाई विज्ञापन कमको लागि सुट कम र पोस्ट धेरै गर्न लगाइरहेका हुन्छन्।

‘ब्राण्डले पहिले नै भन्छ कि वर्षमा कति वटा पोस्ट गर्ने भनेर। इन्स्टा मात्र होइन ट्विटर र फेसबुक तिर पनि। त्यही आधारमा सेलेबसँगको कन्ट्र्याक्ट तय हुन्छ। सेलेबलाई पनि यसमा कतिसम्म समय लाग्ला भन्ने एउटा भेउ हुन्छ। कहिलेकाही ब्राण्डहरुले पनि आठ दश घण्टा विज्ञापन सुट गर्नु भन्दा चार घण्टा सुट गरेर सेलेबलाई १-२ वटा पोस्ट गर्न लगाउँछन्। अहिले यसको महत्व यतिसम्म बढेको छ,’ एक सोसल मिडिया ह्यान्डलिङबारे जानकारले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell