PahiloPost

Feb 19, 2026 | ७ फागुन २०८२

सुनको मूल्य हालसम्म कै उच्च, प्रति तोला एक लाख १२ हजार रुपैयाँ



पहिलोपोस्ट

सुनको मूल्य हालसम्म कै उच्च, प्रति तोला एक लाख १२ हजार रुपैयाँ

काठमाडौं : सुनको मूल्य हालसम्मकै उच्च भएको छ। आगामी आर्थिक वर्ष २०७८/८१ को बजेट भाषणमा सुनको भन्सार महसुल बढाइएसँगै स्थानीय बजारमा यसको मूल्यले हालसम्मकै रेकर्ड तोडेको हो।

बुधबार सुन तोलामा १५ सय रुपैयाँले बढ्दै कारोबार मूल्य प्रतितोला एक लाख १२ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस अघि सुनको मूल्य उच्च हुँदा प्रतितोला एक लाख ११ हजार ८ सय रुपैयाँसम्म पुगेको थियो।

मंगलबार सुनको मूल्य एकैदिन तोलामा २४ सय रुपैयाँले बढेर प्रतितोला एक लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य तोलामा २० रुपैयाँले वृद्धि भएको छ। बुधबार चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदी तोलामा १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो।

यतिबेला अन्तराष्ट्रिय मूल्य भन्दा भन्सार महसुल बढेका कारण स्थानीय बजारमा सुनको मूल्य बढ्दै गएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔंस १९६०.०५ डलरमा कारोबार भइरहेको छ। यसैगरी चाँदी प्रतिऔंस २३.१९ डलर छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell