PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

हेटौंडा उपमहानगरले १० महिनामा संकलन गर्‍यो २२ करोड ७० लाख रुपैयाँ राजश्व



पहिलोपोस्ट

हेटौंडा उपमहानगरले १० महिनामा संकलन गर्‍यो २२ करोड ७० लाख रुपैयाँ राजश्व

हेटौंडा : हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा २२ करोड ७० लाख भन्दा बढी राजश्व संकलन गरेको छ। चालु आर्थिक वर्षको १० महिनाको अवधिमा उपमहानगरले २२ करोड ७० लाख ३ हजार ३३५ राजश्व संकलन गरेको राजश्व शाखाले जनाएको छ।

गत आथिर्क वर्ष २०७८-८९ मा ३१ करोड ५६ लाख राजश्व संकलन गरेको उपमहानगरपालिकाको चालु आर्थिक २०७९-८० मा भने २९ करोड ५१ लाख राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो।

उपमहानगरले चालु आर्थिक वर्षको १० महिनामा सम्पत्ति करबापत १ करोड १२ लाख ४४ हजार ९२५ रुपैयाँ, भूमिकर-मालपोतबापत ३ लाख ४८ हजार ८१० रुपैयाँ, घरवहाल कर ३ करोड ४९ लाख २७ हजार २८० रुपैयाँ, बहाल करबापत १ करोड ८५ लाख ४२ हजार ५४९ रुपैयाँ, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबापत १ करोड ५२ लाख १ हजार ८०० रुपैयाँ राजश्व संकलन गरेको छ।

त्यसैगरि बाँडफाँटबाट प्राप्त हुने विज्ञापन करबापट ३३ लाख ८९ हजार ३०३ रुपैयाँ, अन्य मनोरञ्जन कर १ लाख २५ रुपैयाँ,  व्यवसायले भुक्तानी गर्ने १ करोड ४४ लाख २२ हजार ५४० रुपैयाँ, सरकारी सम्पत्ति बहालबाट प्राप्त आय ३ लाख ४७ हजार ७ सय रुपैयाँ संकलन गरेको छ।

बाँडफाँट भई प्राप्त वन रोयल्टी करबापत ४ लाख ३६ हजार ५६० रुपैयाँ, बाँडफाँट भई प्राप्त खानी तथा खनिज सम्बन्धी रोयल्टीबापत १७ हजार ५ सय रुपैयाँ, बाँडफाँट भई प्राप्त दहत्तर बहत्तरको विक्रीबाट प्राप्त हुने रोयल्टीबाट १८ लाख ८२ हजार ६३३ रुपैयाँ, अन्य बिक्रीबाट प्राप्त रकमबापत ३ लाख ५५ हजार रुपैयाँ, विद्युत सेवा शुल्कबापत १६ लाख ३ हजार ८५१ रुपैयाँ, अन्य सेवा शुल्कबापत ५९ लाख ७९ हजार ३५४ रुपैयाँ र ढुंगा गिट्टी बालुवा संकलन शुल्कबापत २ करोड ६३ लाख १९ हजार ५८३ रुपैयाँ राजश्व संकलन भएको छ।

उपमहानगरपालिकाले ढुङ्गा गिट्टी बालुवा बिक्रीबापत ११ लाख ६५ हजार रुपैयाँ, सार्वजनिक शौचालयबापत २१ लाख ६५ हजार ११० रुपैयाँ, भूमिगत ढल सेवा शुल्कबापत ५९ हजार रुपैयाँ, कवाडी संकलन तथा बिक्री ४९ लाख १८ हजार ३०९ रुपैयाँ, न्यायिक दस्तुबापत १ हजार २९८ रुपैयाँ र शिक्षा क्षेत्रको आम्दानीबापत ४ लाख ९२ हजार १५० रुपैयाँ राजश्व संकलन भएको छ।

नक्सापास दस्तुर करबापत ९५ लाख ९६ हजार २२१ रुपैयाँ, सिफारिस दस्तुबापत २ करोड ३५ लाख ४१ हजार ५२१ रुपैयाँ, व्यक्तिगत घटना दर्ता दस्तुबापत १० लाख ६६ हजार ४ सय रुपैयाँ, न्यायिक दण्ड, जरिवाना र जफत करबापत २ सय रुपैयाँ प्रशासनिक दण्ड, जरिवाना र जफत ८६ लाख ४६ हजार ९४२ रुपैयाँ र अन्य राजश्व करबापत २८ हजार रुपैयाँ राजश्व संकलन गरिएको राजश्व शाखा प्रमुख श्याम श्रेष्ठले जानकारी दिए। 

चालु वर्षमा राजश्वमा गिरावट आउन सक्ने

हेटौंडा उपमहानगरपालिका प्रवक्ता सविन न्योपानेले राजश्व संकलन विविध कारणले सन्तोषजनक नभए पनि अगामी वर्षदेखि व्यवस्थित र कडाई गरिने बताए। उनका अनुसार हालसम्म आई.ई.ई स्वीकृत नभएको , दहत्तर असुली सम्बन्धमा प्रदेश आर्थिक ऐनमा स्पष्टता नभएको र चालु वर्षदेखि सिमेन्ट निकासी कर खारेज भएको छ।

सडक पूर्वाधारको ठेक्का समयमा नलागेको , घरजग्गा बिक्री वितरणमा कमी आएको, घर निर्माण कार्यमा कमी आएको र नदी जन्य पदार्थको बक्यौता रकम पटक–पटक पत्राचार गर्दा पनि केहि क्रसरल मात्र बुझाएको र बढि संख्यामा मन्दीको कारण देखाई बक्यौता रकम नबुझाउँदा राजश्व संकलमा समस्या भएको प्रवक्ता न्यौपानले बताए।

उनले आगामी आर्थिक वर्षमा राजश्व संकलनमा बृद्धि गर्न उपमहानरले घरवहाल व्यक्तिगत र ब्यवसायीक छुट्याएर शुल्क लिने र ढुङ्गा गिट्टी बालुवा बिक्रीबापत कर बढाउका साथै नदीजन्य पदार्थको ठेक्का समयमै लगाउने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell