
अल्लु अर्जुन र रश्मीका मण्डनाको मुख्य भूमिका रहेको दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ घोषणादेखि नै चर्चामा छ। फिल्मको टिजर सार्वजनिक भएपछि त फ्यानहरु व्यग्र प्रतिक्षामा छन्।
फिल्मको छायाङ्कन चलिरहँदा ‘पुष्पा २’ मा अभिनय गरिरहेका कलाकार चढेको बस दुर्घटनामा परेको छ। आन्ध्र प्रदेशबाट ‘पुष्पा-२’ को सुटिङ गरेर हैदरावाद फर्किएका कलाकारहरुको बस दुर्घटनामा परेको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्।
नलगोंडा हैदराबाद-विजयवाडा राजमार्गको नरकटपल्लीमा कलाकारहरूको बस र आरटीसी बस ठोक्किएको थियो। घटनामा दुई कलाकार गम्भीर घाईते भएका छन्। घाइते कलाकारहरुलाई स्थानीय अस्पताल लगिएको छ।