PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

सिटाडेलपछि 'चेन्नई स्टोरिज्' को छायाङ्कनमा सामान्था जाने



पहिलोपोस्ट

सिटाडेलपछि 'चेन्नई स्टोरिज्' को छायाङ्कनमा सामान्था जाने

भारतीय अभिनेत्री सामन्था रूथ प्रभुको अभिनय रहने हलिउड फिल्म 'चेन्नई स्टोरिज्'को सुटिङ छिट्टै सुरु हुने भएको छ। ‘चेन्नई स्टोरिज्’ मार्फत सामान्थाले हलिउडमा डेब्यू गर्दैछिन्। 

हाल उनी वरुण धवनसँग वेब सिरिज 'सिटाडेल'को छायाङ्कनमा व्यस्त छिन्। सिटाडेल सुटिङ सकिएपछि सामन्था 'चेन्नई स्टोरिज्' को छायाङ्कनकमा व्यस्त हुनेछिन्।

‘चेन्नई स्टोरीज्’ लाई ब्रिटिश एकेडेमी फिल्म अवार्ड(बाफ्टा) विजेता फिलिप जोनले निर्देशन गर्नेछन्। यस फिल्ममा सामान्थाका साथै विवेक कालरा मुख्य भूमिकामा हुनेछ। सामन्था यस फिल्ममा जासुसको भूमिकामा देखिनेछिन्।

चेन्नई र बेलायतमा छायाङ्कन हुने यो फिल्म अंग्रेजीका साथै तमिल भाषामा पनि रिलिज हुने बताइएको छ। यो फिल्म टिमरी एन मुराको उपन्यास 'द अरेन्जमेन्ट अफ लभ' मा आधारित हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell