.jpg)
सांघाई : टेस्ला इन्सका सिईओ एलन मस्कले बेइजिङमा चिनियाँ उच्च अधिकारीसँग भेट गरेका छन्। मंगलबार चिनियाँ विदेश मन्त्रालयले मस्कसहित केही बिजनेस लिडरलाई बेइजिङमा स्वागत गरेको जनाएको थियो।
बुधबार बिहान मस्कले चिनियाँ मन्त्रीहरुसँग भेट गरेका छन्। दोस्रो दिनको भ्रमणकोसुरुवात उनले चीनको वाणिज्य मन्त्रालयबाट गरेका छन्। त्यहाँ उनले चिनियाँ वाणिज्य मन्त्री वाङ वान्ताओसँग भेट गरेका छन्। त्यस्तै उनले बुधवार नै चिनियाँ उद्योग तथा सूचना मन्त्रालयको भ्रमण गरेका छन्।
भेटमा के विषयमा छलफल भयो भन्ने चिनियाँ मन्त्रालय तथा टेस्लाले सार्वजनिक गरेका छैनन्। तीन वर्ष यता टेस्लाले चिनियाँ उत्पादित विद्युतीय सवारी साधनबाट चुनौती पाइहेको छ। अर्कोतर्फ सांघाइमा नयाँ उत्पादन प्लान्ट सुरु गर्ने अनिश्चय काबीच मस्क बेइजिङ भ्रमणमा आएका हुन्। टेस्लाले गत वर्ष सात लाख मोडल वाइ र मोडल ३ गाडी उत्पादन गरेको थियो। जसमध्ये आधा चीनमा उत्पादन भएको थियो।
अमेरिकामा प्रयोगमा आएको स्वचालित ड्राइभर असिस्टेन्ट सर्भिस फिचरलाई चिनियाँ नियमाक निकायले स्विकृति दिन्छन् या दिँदैनन् भन्ने चासो पनि छ। मस्कको यो भ्रमण यो मुद्दमा पनि केन्द्रित छ।
मंगलवार उनले चिनियाँ विदेश मन्त्री छिङ काङसँग पनि भेट गरेका थिए। त्यस्तै उनले टेस्लाको प्रमुख बेट्री सप्लायर्स तथा चिनियाँ उत्पादक सीएटीएलका अध्यक्षसँग पनि भेट गरेका छन्। उनले बेइजिङमा रहँदा थप चिनियाँ उच्च नेतृत्वसँग भेट गरने बताइएको छ। त्यस्तै उनी यसै साता चीनको प्रमुख व्यापारिक केन्द्र सांघाईको भ्रमणमा जाने पनि बताइएको छ।
विशेषगरी गत मार्चमा लि छियाङ प्रधानमन्त्री बनेपछि उनले नीजि क्षेत्रलाई प्रोत्साहन गर्दै विदेशी लगानीकर्तालाई सहजीकरण गर्ने नीति लिएका छन्। सांघाईका पूर्व पार्टी प्रमुख रहेका लि सँग भेट गरी मस्कले सांघाईमा प्लान्ट सञ्चालनका विषयमा छलफल गर्न सक्ने अपेक्षा गरिएको छ।