PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

राष्ट्रपति पौडेललाई सगरमाथा आरोही याङ्जीको 'सरप्राइज'



पहिलोपोस्ट

राष्ट्रपति पौडेललाई सगरमाथा आरोही याङ्जीको 'सरप्राइज'

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको तस्विर पहिलो पटक सगरमाथाको चुचुरोमा पुर्‍याउने महिला आरोही याङ्जी शेर्पालाई राष्ट्रपति पौडेलले बधाई दिएका छन्। बिहीवार राष्ट्रपति भवन शितल निवासमा भएको कार्यक्रममा आफ्नो तस्विर सगरमाथामा पुर्‍याएर सप्राइज दिएको भन्दै पौडेलले महिला अरोहीको साहस र आँटको प्रशंसा गरे। पौडेलले हिमाल अरोहणमा नेपाली महिलाहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै राष्ट्रको सम्मानको लागि आराहीहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको पनि बताए। 

हिमाल अरोही महिला याङजीले आफूले सप्राइज दिनकै लागि राष्ट्रपति पौडेलको फोटो थाहै नदिई चुचुरोमा पुर्‍याउन पाउँदा खुसी लागेको भन्दै राष्ट्रपति पौडेलको तस्विर हस्तान्तरण गरे। संखुवासभा मकालु गाउँपालिकाकी याङजीले पौडेल राष्ट्रपति हुनु अगावै नयाँ राष्ट्रपतिको तस्विर सगरमाथाको चुचुरोमा पुर्‍याउने संकल्प लिएकी थिइन्। अन्य साना कुनै पनि चुचुरो नचढी आरोहीले एकैपटक सगरमाथाको सफल आरोहण गरेका हुन्। एकै पटक हिमाल अरोहण चुनौतिपूर्ण भए पनि पायोनियर एड्भान्चर ट्रेकमार्फत आरोहण गरेकी शेर्पाले वातावरण प्रतिकुल र मौसम र हिम पहिरोको सामना गर्दे सफल आरोहण गरेर राष्ट्रपति पौडेलको तस्विर र नेपालको नयाँ नक्सा एकैपटक सगरमाथाको चुचुरोमा पुर्‍याउन पाउँदा गौरव लागेको बताइन्। पायोनियर एडभान्चर ट्रेकका निर्देशक तथा कीर्तिमानी आरोही मिङ्मा दोर्ची शेर्पाले आफ्नो कम्पनीबाट हिमाल अरोहण गर्ने महिलाहरुको संख्या उल्लेख्य रहेको र प्रतिकुल मौसमका कारण पनि हिमाल अरोहण गराएको बताए। 

कार्यक्रममा संखुवासभाका सांसद दिपक खड्काले हिमाल आरोहणमा नेपाली महिलाको भूमिका महत्वपूणर् रहेको बताए। उनले हिमाल आरोहणको क्षेत्र असुरक्षित भए पनि साहस र हिम्मतको सबैले कदर गर्नु पर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell