PahiloPost

Jun 14, 2025 | ३२ जेठ २०८२

दिल्लीमा प्रचण्ड : प्रधानमन्त्रीले भेटे राष्ट्रिय सुरक्षा सल्लाहकार दोभाल र विदेश सचिव क्वात्रा



पहिलोपोस्ट

दिल्लीमा प्रचण्ड : प्रधानमन्त्रीले भेटे राष्ट्रिय सुरक्षा सल्लाहकार दोभाल र विदेश सचिव क्वात्रा

काठमाडौं : चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालबिच भेटवार्ता भएको छ। नयाँ दिल्लीमा भएको भेटमा द्विपक्षीय हितका बारेमा कुराकानी भएको हो।

भेटमा भारतको तर्फबाट विदेश सचिव विनयमोहन क्वात्रा उपस्थित थिए भने नेपाली पक्षबाट प्रचण्डकी छोरी गंगा दाहाल सहभागी थिइन्।

प्रचण्ड आजै नयाँ दिल्ली पुगेका हुन्। भोलि प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबिच हैदरावाद हाउसमा भेटवार्ता हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell