PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बीग बोसको ओटीटी सेकेन्ड सिजनमा कोको हुनेछन्?



पहिलोपोस्ट

बीग बोसको ओटीटी सेकेन्ड सिजनमा कोको हुनेछन्?

जसै वगैचा जंगलमा परिणत हुन्छ, स्वभाविक रुपमा त्यहाँ नयाँनयाँ र अनौठा गतिविधि हुन्छ। टन्नै रुखहरु, लहरालहरी, घाँसका घारी र डरलाग्दो अनकन्टार ठाउँ तयार हुन्छ। सुन्दरता र कर्कस लाग्दा स्वरहरु पनि गुन्जिन्छन्। बीग बोसको ओटीटी सेकेन्ड सिजनको प्रारम्भलाई बलिउड हङ्गामाले यही भावार्थमा चित्रित गरेको छ।

हरेक सिजनमा बीग बोसले दर्शकलाई मनोरञ्जनको भरपुर प्याकेज दिन त्यस्ता मानिसहरुलाई बटुल्छ जसले 'शो'लाई अर्को स्टेजमा पुर्‍यावस्। त्यही भएर सेलिब्रिटीसँगै चर्चित पात्रहरु पनि जोडिएका हुन्छन् यसमा। शो बिजको जमाना भएकाले पनि यस्तो विषयलाई बीग बोसले महत्वका साथ लिन्छ नै। बीग बोसको ओटीटी दोस्रो सिजनमा यिनीहरुलाई हामीले देख्‍न पाउने छौं -
महेश पुजारी (क्रियटिभ प्रोड्युसर)
अवेज दरबार (कोरियोग्राफर)
पूजा गोर (अभिनेत्री)
अन्जली अरोर ('कच्ची बदाम' फेम)
पुनम पाण्डे (अभिनेत्री/मोडल)
फैसल शिख (इन्फ्लुएन्सर)
अनुराग डोबल (युट्युबर)
सम्भावना सेठ (अभिनेत्री)
सुनिदी चौहान (टेलिभिजन अभिनेत्री)

महेश पुजारी र अवेज दरबारलाई बीग बोस शोको पहिला दुई कन्टेस्टेन्टका रुपमा देख्‍न पाइनेछ। चर्चित कोरियोग्राफर हुन् अवेज। उनी इस्माइल दरबारका छोरा पनि हुन्। टिभी शो, वेब सिरिज र टेलिभिजनका चर्चित कलाकारसँग जोडिएका व्यक्ति हुन महेश पुजारी।

बीग बोस ओटीटी २ जियो सिनेमाजमा स्ट्रिम हुनेछ जुन २४ घन्टा नै लाइभ जानेछ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell