PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

मध्य तराईमा गर्मी बढ्यो, वीरगंज महानगरमा विद्यालय एक साता बन्द हुने



पहिलोपोस्ट

मध्य तराईमा गर्मी बढ्यो, वीरगंज महानगरमा विद्यालय एक साता बन्द हुने

वीरगंज : मध्य तराईका जिल्ला पर्सा, बारा, रौतहटलगायत जिल्लामा एक साता यता गार्मी अत्याधिक बढेको छ। दिउँसोको समयमा यसक्षेत्रमा तापक्रम बढेर ४० देखि ४२ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ। जसका कारण जनजीवन निकै प्रभावित भएको छ।

मध्य तराईमा बढेको गर्मीका कारण विद्यालयमा पठनपाठन गर्न समस्या भइरहेको छ। गर्मीकै कारण विद्यार्थीहरु कक्षाकोठामा बेहोस हुन थालेका छन्। बुधवार पटेर्वा सुगौली गाँउपालिका-४ भतौडास्थित वनदेवी आधारभूत विद्यालयकी एक छात्रा कक्षाकोठामै बेहोस भएकी थिइन्। कक्षा ४ मा पढ्ने छात्रा अत्याधिक गर्मीका कारण बिहान ९ बजे कक्षाकोठामै बेहोस भएको विद्यालयका प्रधानाध्यापक सुभाष प्रसाद दासले बताए। उनलाई उपचारका लागि वीरगंजको अस्पतालमा ल्याइएको थियो।

पटेर्वा सुगौली गाउँपालिकाका शिक्षा शाखा प्रमुख सोलेन्द्र पंजियारले गर्मी अत्यधिक बढेको कारण पठनपाठनमा समस्या भइरहेको बताए। गाउँपालिकाका तीनवटा माध्यामिक विद्यालय, चारवटा निम्न माध्यामिक विद्यालय र प्राथमिक तहका गरेर २४ वटै सामुदायिक विद्यालयमा पंखा जडानको काम भएको उनले बताए। गर्मी बढेसँगै विद्यालयमा विदा दिनुपर्ने अभिभावकले आवाज उठाएका छन्।

वीरगंजले दियो १८ गतेदेखि २८ सम्म विदा

यसैबिच, वीरगंज महानगरले अत्यधिक बढेको गर्मीलाई मध्यनजर गर्दै जेठ १८ गतेदेखि २६ सम्म विदा दिने निर्णय गरेको छ।

महानगरले जारी गरेको सूचनाका अनुसार विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर राख्दै वर्षे विदाबाट कट्टा हुने गरि जेठ १८ गतेदेखि २६ सम्म विद्यालय बन्द रहने जनाएको छ।

जेठ २७ गते शनिवार सार्वजनिक विदा परेकोले अब वीरगंज महानगरको ३२ वटा वडामा रहेका निजी तथा सरकारी विद्यालय जेठ २८ गते सम्म खुल्ने जनाइएको छ। वीरगंजमा करिब ९३ सरकारी स्कूल र १५० निजि स्कूलहरु सञ्चालनमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell