PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

चीनमा हुने एसियाली खेलकुदका लागि करातेका ८ खेलाडी छनोट



पहिलोपोस्ट

चीनमा हुने एसियाली खेलकुदका लागि करातेका ८ खेलाडी छनोट
तस्बिर: राखेप

काठमाडौँ: चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि करातेको अन्तिम खेलाडी छनोट सम्पन्न भएको छ। नेपाल कराते महासंघले आयोजना गरेको अन्तिम छनोट प्रतियोगिताबाट पुरुषमहिलामा समान ४–४ गरी ८ खेलाडी छनोट भएको करातेका प्रमुख प्रशिक्षक तुलसी महर्जनले जनाएका छन्।

पुरुषतर्फ छनोट हुनेमा ६० केजीमुनि सन्तोष श्रेष्ठ, ६७ केजीमुनि मोहम्मद शेख आलाम, ८४ केजीमाथि विप्लव श्रेष्ठ र एकल कातामा स्वर्णिम मानन्धर रहेका छन्।

महिलातर्फ ६७ केजीमाथि आरिका गुरुङ, ६१ केजीमुनि निरुपा तामाङ, ५५ केजीमुनि सविना श्रेष्ठ र एकल कातामा एलिशा रास्कोटी रहेका छन्।

एसियाली खेलकुद असोज ६ गतेदेखि सुरु हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell