PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

विवादबिच अमेरिकामा ऋण सीमा विधेयक पारित



पहिलोपोस्ट

विवादबिच अमेरिकामा ऋण सीमा विधेयक पारित
Photo : AP

अमेरिकाको तल्लो सदनबाट 'ऋण सीमा विधेयक' पारित भएको छ। विवादबिच डेमोक्रेटिक र रिपब्लिकन सांसदहरुको समर्थनमा बहुमतले सो विधेयक पारित भएको हो।

रिपब्लिकन पार्टीका सांसदहरुले विधेयकको विरोध गरेका थिए। तल्लो सदनमा भएको मतदानमा रिपब्लिकन सांसदहरुले 'क्रस भोटिङ' गरेका थिए।

विधेयक पारित भएसँगै अब सार्वजनिक खर्चको अभाज हुन बाट रोक्न पूर्वनिर्धारित समयसीमाको खतरा समाधान भएको छ। अब यो विधेयकलाई सिनेटमा पठाइनेछ। त्यहाँबाट पारित भएपछि राष्ट्रपति जो बाइडेनले यसलाई प्रमाणीकरण गर्नेछन्।

यही विधेयकबारे बहस भइरहँदा बाइडेनले आफ्नो एसिया भ्रमण छोट्याएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell