
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ दिल्लीको राजघाट पुगेका छन्। राजघाट पुगेर उनले महात्मा गान्धीलाई श्रद्धाञ्जाली अर्पण गरेका छन्।
आज प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच छलफल हुँदैछ। अहिले दुई देशका प्रधानमन्त्रीको बैठकका लागि हैदरावाद हाउसमा तयारी भइरहेको छ।