
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिच द्विपक्षीय भेटवार्ता भइरहेको छ। नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा प्रचण्ड र मोदीबिच छलफल भइरहेको हो।
छलफलमा दुवै देशका प्रतिनिधिमण्डलको उपस्थिति छ। द्विपक्षीय रुपमा आर्थिक, उर्जा, कनेक्टिभिटी र व्यापारको मुद्दाबारे छलफल हुने बताइएको छ। आजै दुई प्रधानमन्त्रीको बैठक पछि रोकिएका आयोजना पुन: सुरु गर्ने, नयाँ आयोजनाहरु संचालन गर्ने लगायतका बारेमा सम्झौता हुने जनाइएको छ।
आजै मोदी र प्रचण्डले संयुक्त पत्रकार सम्मेलनसमेत गर्नेछन्।
#WATCH | Prime Minister Narendra Modi holds a bilateral meeting with Nepal Prime Minister Pushpa Kamal Dahal ‘Prachanda’ at Hyderabad House in Delhi. pic.twitter.com/ZbrmwJGUk0
— ANI (@ANI) June 1, 2023